राष्ट्र बैंकले भोली १९ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्ने, बोलकबोल आज

४ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले १९ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आज सोमबार सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले ऋणपत्र बिक्री गर्न लागेको हो ।

बैंकले २८ दिनको अवधिको लागि २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल जेठ १७ गते परिपक्क हुनेछ । 

बैंकले ९१ दिनको अवधिको लागि ५ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल श्रावण १७ गते परिपक्क हुनेछ । यस्तै, बैंकले १८२ दिनको अवधिको लागि १० अर्ब  रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । 

उक्त ट्रेजरी बिल कार्तिक १५ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले ३६४ दिनको अवधिको लागि २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल वि.सं २०८० साल वैशाख १९ गते परिपक्क हुनेछ ।

राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल आज दिउँसो ३ बजे बोलकबोल भएर पर्सी वैशाख २० गते, मंगलबार बिक्री हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया