इन्टरनेट सेवा अबरुद्ध हुन लागेको भन्दै ध्यानाकर्षण

३ बर्ष अगाडि

काठमाडौं - कम्प्युटर एसोसिएसन नेपाल महासंघ ९क्यान०ले इन्टरनेट सेवा प्रवाहका सम्बन्धमा विगत केहि दिनदेखि जिम्मेवार निकायहरुबाट व्यक्त भएको धारणाप्रति ध्यानाकार्षण भएको जनाएको छ ।

इन्टरनेट सेवाप्रदायकहरुले इन्टरनेट सेवा अबरुद्ध हुन सक्ने चेतावनी दिए पछि क्यानले विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

इन्टरनेट सेवा प्रदायकहरूले विदेशबाट ब्यान्डविथ खरिदका निम्ति आवश्यक विदेशी मुद्रा सटहि सिफारिस एवं महालेखापरीक्षकको वार्षिक प्रतिवेदनका आधारमा बेरुजुका सन्दर्भमा बिभिन्न निकायहरुबीच बुझाईमा असमानताका कारण ब्यान्डविथको शुल्क तिर्न बिलम्ब हुनाका कारण इन्टरनेट सेवा प्रभावित हुने सक्ने प्रति क्यानले चिन्ता व्यक्त गरेको जनाएको छ ।

यो समस्या समाधानका निम्ति सम्बन्धित निकायहरुलाई जिम्मेवारीपुर्वक यथासिघ्र वार्ता एवं छलफलको अनुरोध गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया