टेलिकमको नयाँ अफर : ९८ मा तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डेटा प्याक

३ बर्ष अगाडि

काठमाडौं - नेपाल टेलिकमले चौंथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ­२०७९ का अवसरमा नयाँ अफर ल्याएको छ ।
 
यो दिवसलाई लक्षित गर्दै कम्पनीले अनलिमिटेड डेटा र भ्वाइससहितको कम्बो प्याक, डेटा प्याक र बोनस अन रिचार्ज उपलब्ध गराउने भएको हो । 

यो अफर वैशाख १८ देखि एक सातासम्म उपलब्ध हुनेछ ।यसअन्तर्गत तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डेटा प्याक रु। ९८ मा खरिद गर्न सकिने छ ।
 
त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने १ एमबीपीएस अनलिमिटेड डेटा र अन-नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक रु। ९९ मा उपलब्ध हुँदै आएकोमा ५० प्रतिशत छुटसहित जम्मा रु। ४९ मा उपलब्ध हुने कम्पनीले जनाएको छ । *1415*11#  डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।

यसका साथै रु। २०० देखि रु। ४९९ सम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने १ जीबीको डेटा प्याक र रु। ५०० तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डेटा प्याक पनि उपलब्ध गराइएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया