सशस्त्र प्रहरीको आईजीपीमा राजु अर्याल नियुक्त

३ बर्ष अगाडि

काठमाडौं - गृहमन्त्री बालकृष्ण खाँणले सशस्त्र प्रहरीको आईजीपीमा राजु अर्याल नियुक्त भएको जानकारी दिएका छन् । 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आईजीपीमा नियुक्त गरेको खाँणले जानकारी दिए । ‘सशस्त्र प्रहरीमा राजु अर्याल नियुक्त भएका छन् । चिठी आइसक्यो’, उनले भने ।  मन्त्रिपरिषदको बैठकमा अर्यालको नियुक्तिबारे छलफल नभएको बताइएपनि गृहमन्त्री खाँणले सबै प्रक्रिया मिलाएर आजै नियुक्त गरिएको बताए । 

यसअघि मन्त्रिपरिषद्को बैठकमा आईजीपीको नियुक्तिबारे कुनै छलफल नभएको मन्त्रीहरूले बताएका थिए । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपाल प्रहरीका आईजीपी नियुक्ति गरिएपनि सशस्त्रका आईजीपी भने नियुक्ति नभएको बताएका थिए । 

सशस्त्रका आईजीपीको नियुक्ति अर्को बैठकले गर्ने उनले रातोपाटीलाई बताएका थिए । तर, अर्यालको नियुक्तिबारे बाहिर धेरै सूचना प्रवाह भइसकेकाले पछि सोही अनुसार मिलाइएको गृह मन्त्रालयका एक अधिकारीले बताए । 

२०७९ वैशाख १४ मा सरकारले अर्याललाई सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षक ९एआईजी०मा बढुवा गरेको थियो । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी आइतबार मध्यरातबाट अवकाशमा जाने भएपछि सरकारले नयाँ नियुक्त गरेको हो ।  
 

३ बर्ष अगाडि

प्रतिक्रिया