अप्रिल महिनामा मात्रै भारतीय सेयर बजारबाट १७ हजार १४४ करोडको लगानी फिर्ता

४ बर्ष अगाडि

एजेन्सी - विदेशी लगानीकर्ताले अप्रिल महिनामा मात्रै भारतीय सेयर बजारबाट १७ हजार १४४ करोड भारतीय रुपैयाँबराबरको लगानी फिर्ता लगेका छन् । 

अमेरिकी केन्द्रीय बैंकले आक्रामक रुपमा ब्याजदर वृद्धि गर्ने आशंकाका बीच विदेशी लगानीकर्ताले भारतीय सेयर बजारबाट आफ्नो लगानी झिकेका हुन् । 

विदेशी लगानीकर्ता भारतीय सेयरबजारबाट बाहिरिने क्रम पछिल्लो ७ महिनादेखि जारी छ । विज्ञहरुका अनुसार विश्वभर आक्रामक रुपमा वृद्धि भइरहेको ब्याजदर तथा कच्चा तेलको उच्च मूल्यका कारण विदेशी लगानीकर्ताको भारतीय सेयर बजारप्रतिको धारणामा परिवर्तन आएको छ । 

साथै यो भविष्यमा पनि जारी रहने बताइएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया