एजेन्सी - विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीले भारतीय अर्थतन्त्रमा पुर्याएको असर सामान्यीकरण हुन एक दशक भन्दा धेरै समय लाग्ने भारतीय केन्द्रीय बैंकले जनाएको छ ।
भारतीय केन्द्रीय बैंक, रिर्जभ बैंक अफ इन्डिया (आरबीआई) ले गरेको आंकलन अनुसार कोभिड अवधिभर भारतलाई भारु ५२ लाख करोड बराबरको घाटा भएको छ ।
यो घाटाले अर्थतन्त्रमा पारेको असर न्युनिकरण गर्न भारतलाई १२ वर्ष लाग्ने आरबीआईद्धारा प्रकाशित एक रिर्पोटमा उल्लेख गरिएको छ । प्रि-कोभिड समयमा भारतको आर्थिक वृद्धि दर ६।६ प्रतिशत रहेको थियो । सन् २०१२/१३ देखि २०१६/१७ सम्म आर्थिक वृद्धिदर ७।१ प्रतिशत रहेको छ ।
सन् २०२०/२१ को आर्थिक वृद्धि दर नकारात्मक रहेको छ । यसैकारण सन् २०२१/२२ को आर्थिक वृद्धि दर ८.९ प्रतिशत, आव २०२२/२३को आर्थिक वृद्धि दर ७.२ प्रतिशत र त्यसपछिका वर्षमा ७.५ प्रतिशतका दरले आर्थिक वृद्धि दर प्रक्षेपण गर्दा सन् २०३४/३५ सम्ममा कोभिडले पारेको असर न्युनिकरण गर्ने अपेक्षा गरिएको छ ।
यसैगरी सन् २०२०/२१, २०२१/२२, २०२२/२३को लागि उत्पादन घाटा क्रमश भारु १९.१ लाख करोड, १७.१ लाख करोड र १६.४ लाख करोड प्रक्षेपण गरिएको छ । कोभिड महामारीको समयमा महामारीसँग जुद्न लिइएका ठोस कदमहरुले अर्थतन्त्रको दिगो वृद्धिमा सघाउने रिर्पोटमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया