काठमाडौं - हिमालयन बैंकले एक अर्को वाणिज्य बैंकलाई आफूमा गाभ्ने प्रारम्भिक सम्झौता गर्ने भएको छ । बैंकले बैशाख अन्तिमसम्म सम्झौता गर्ने भएको हो ।
नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर भाँडिएपछि कारबाहीमा परेको हिमालयन बैंकलाई चाँडोभन्दा चाँडो अर्को कुनै वाणिज्य बैंकसँग मर्जरको सम्झौता गर्नुपर्ने दवाब छ ।
यहीकारण बैंकले मर्जरका सम्भावनाहरुलाई मूर्त रुप दिने गरी आन्तरिक प्रयासहरुलाई तीव्र पारेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले हिमालयन बैंकले अर्को एक वाणिज्य बैंकलाई अक्वायर गर्ने गरी आवश्यक तयारीलाई अगाडि बढाएको जनाएका छन् ।
प्रतिक्रिया