निर्वाचनमा महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारले ७ लाख ५० हजार खर्च गर्न पाउने

३ बर्ष अगाडि

काठमाडौं - आगामि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सबै उम्मेदवारले प्रचार प्रसारलगायत चुनावी खर्च गर्न पाउने हद ९रुपैयाँमा० निर्धारण गरिएको छ ।

निर्वाचन आयोगका अनुसार महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारलाई सात लाख ५० हजारको हद निर्धारण गरिएको छ । यस्तै, महानगरका वडाध्यक्ष र सदस्यका उम्मेदवारलाई तीन लाख निर्धारण गरिएको छ । 

उपमहानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवारलाई पाँच लाख ५० हजार, उपमहानगरपालिकाका वडाध्यक्ष र सदस्यलाई दुई लाख ५० हजार खर्चको हद निर्धारण गरिएको छ ।

यस्तै निर्वाचनमा ३५ हजार २२१ पदका लागि कूल एक लाख ५३ हजार २२० जनाले उम्मेदवारी दिएका छन् । विद्यमान कानुनी व्यवस्थानुसार मुलुकमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका र ६ हजार ७४३ वडा छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया