लगानीकर्ताहरुलाई अनुमतिप्राप्त कम्पनीमा मात्रै लगानी गर्न र सेवा लिन सेबोनको आग्रह

४ बर्ष अगाडि

काठमाडौं - नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अनुमतिप्राप्त कम्पनीमा मात्रै लगानी गर्न र सेवा लिन सेयर लगानीकर्ताहरुलाई आग्रह गरेको छ । 

सेबोनले एक सूचना जारी गरी लगानीकर्ताहरुलाई कुनै पनि कम्पनीमा लगानी गर्नुअघि आवश्यक सचेतना अपनाउन आग्रह गरेको हो । 

हाल बजारमा केही व्यक्तिहरुले धितोपत्रमा लगानी गर्ने उद्देश्य रहेका विभिन्न संस्थाहरुको स्थापना गरी सामाजिक सञ्जालमार्फत लगानीकर्तालाई विभिन्न प्रलोभन देखाई लगानी गर्न आह्वान गरेको पाइएको सेबोनले जनाएको छ। ‘त्यस्ता कम्पनीहरुले सेबोनसँग अनुमति लिएका छन् वा छैनन् भन्ने यकिन गरेरमात्र लगानी गर्नुहोस्’, सूचनामा भनिएको छ । 

गत शुक्रबारमात्रै सेबोनले नासा इन्भेस्टमेन्ट प्रालिलाई धितोपत्र व्यवसायसम्बन्धी कार्यहरु तत्काल बन्द गर्न निर्देशनात्मक पत्र पठाएको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया