काठमाडौं-स्वस्तिक लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा १ करोड १० लाख नाफा कमाएको हो । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा २० प्रतिशत वृद्धि भएको हो । गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले ९१ लाख ७० हजार नाफा कमाएको थियो ।
गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी २४ प्रतिशत र सञ्चालन नाफा ७१ प्रतिशतले वृद्धि भएको छ ।
यस्तै, कम्पनीको चुक्तापूँजी ३ करोड ४६ लाख रहेको छ । गत आवमा कम्पनीको जगेडा कोष ६८ लाख ५६ हजार ऋणात्मक रहेकोमा चालू आवमा सुधारिएर २ करोड ८८ लाख धनात्मक भएको छ ।
चालू आवमा कम्पनीले ४४ करोड ६६ लाख सापटि लिएर, १६ करोड ३८ लाख निक्षेप संकलन गरेर रू। ६६ करोड ४५ लाख कर्जा लगानी गरेको हो ।
गत आवमा कम्पनीको निष्क्रिय कर्जा २.१० प्रतिशत रहेकोमा चालू आवमा १.२८ कायम भएको छ।
प्रतिक्रिया