स्थानीय निर्वाचन : टिकटक बनाएर ५० लाख दर्शक पुर्‍याउनेलाई ५० हजार

३ बर्ष अगाडि

काठमाडौं - स्थानीय निर्वाचनको प्रचार प्रसारका लागि निर्वाचन आयोगले नयाँ शैली अपनाएको छ। 

आयोगले निर्वाचनको सन्देशमूलक भिडियो प्रतियोगिता आयोजना गरेको हो । निर्वाचनको सन्देशमूलक भिडियोलाई टिकटक बनाएर ५० लाख दर्शक पुर्‍याउने व्यक्ति वा संस्थालाई आयोगले ५० हजार पुरस्कार दिने छ । 

त्यसैगरी ३० लाख दर्शक पुर्‍याउनेलाई ३० हजार रुपैयाँ र २० लाख दर्शक पुर्‍याउनेलाई २० हजार रुपैयाँ पुरस्कार दिने पनि आयोगले जनाएको छ।

टिकटक भने आयोगले नै बनाएको निर्वाचनसम्बन्धी सन्देशमूलक भिडियोकै स्वरूपमा बनाउनुपर्नेछ ।आयोगका अनुसार टिकटक बनाएपछि २९ वैशाखभित्र फेसबुक, युटयुब, टिकटकलगायत सामाजिक सञ्जालमा पोस्ट गर्ने र सेयर गर्नुपर्नेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया