आँखुखोला जलविद्युत्को नाफामा उछाल,कति पुग्यो प्रतिशेयर आम्दानी ?

३ बर्ष अगाडि

काठमाडौं, आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

कम्पनीले  चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा करोड ४ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा १६८.५७ प्रतिशत बढेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको खुद नाफा १ करोड १३ लाखभन्दा बढी थियो । 

गत वर्ष १४ करोड ७८ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष १७ करोड ३७ लाखभन्दा बढी आम्दानी गरेको हो । आम्दानी बढेसँगै कम्पनीको सञ्चालन नाफा यस वर्ष १४.८० प्रतिशत बढेसँगै नाफामा बृद्धि भएको हो ।

हाल कम्पनीको चुक्तापूँजी ८० करोड रहेको छ भने जगेडा कोष रकम २३ करोड २९ लाखभन्दा बढी ऋणात्मक रहेको छ । ऋणात्मक रकम भने गत वर्षभन्दा यस वर्ष ६.२८ प्रतिशत कम भएको हो । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ५.०८ रुपैया रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया