प्रदेश २ को सरकारको सय दिने कार्ययोजना, होला त पूरा ?

७ बर्ष अगाडि

प्रदेश २ को सरकारले आठ वटै जिल्लामा विशेष आर्थिक क्षेत्र घोषणा गर्ने भएको छ । 
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सरकारको सय दिने कार्ययोजना सार्वजनिक गर्दै प्रदेशमा रहेका सबै जिल्लामा विशेष आर्थिक क्षेत्र घोषणा गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो । मंगलबार जनकपुरमा घोषणा गरिएको प्रदेश सरकारको सय दिने कार्ययोजनामा र्आिर्थक क्षेत्रलाई बन्द, हडताल, चक्काजामसहितको अवरोध मुक्त बनाउने प्रतिवद्धता पनि जनाइएको छ । मुख्यमन्त्री राउतले संविधान अनुसार कानुन बनाउने काम सम्पन्न नभएसम्मका लागि केन्द्र सरकारसँग समन्वय गरेर काम हुने गरी सरकारले आफ्नो सय दिने कार्ययोजना सार्वजनिक गरेको पनि स्पष्ट पार्नु भयो ।

कार्ययोजनमा ‘बेटि  पढाऊ, बेटी बचाऊ’ अभियान चलाउने उल्लेख गरिएको छ । त्यसका लागि नयाँ जन्मिने छोरीहरुको हकमा प्रदेश सरकारले विमा कम्पनीसँग साझेदारी गरेर छोरीहरुको शिक्षा विमा नीति ल्याउनेछ । त्यसैगरी हिंसा पीडित महिलाहरुको समस्या एसएमएसमार्फत् सरकारसँग राख्ने व्यवस्था पनि गर्न लागिएको मुख्यमन्त्री राउतले बताउनु भयो । प्रदेश २ को सरकारले सहिद परिवारका लागि ‘एक परिवार, एक रोजगार’ कार्यक्रम संचालन गर्ने योजना पनि बनाएको छ । त्यसैगरी स्थानीय तहका आवासीय क्षेत्रलाई सडकसँग जोडन ‘मुख्यमन्त्री सडक योजना’ अघि सारिएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया