काठमाडौं- श्रृजनशिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार कम्पनीको खुद नाफा चालू आवको तेस्रो त्रैमाससम्ममा घटेर ४ करोड ५ लाखमा सीमित भएको छ । कम्पनीको नाफा १७.४४ प्रतिशत घटेको हो । कम्पनीले गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ४ करोड ९० लाख नाफा कमाएको थियो ।
कम्पनीको सञ्चालन मुनाफा पनि १६.४८ प्रतिशतले घटेको छ । कम्पनीले तेस्रो त्रैमासमा ६ करोड ३५ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा यो कम्पनीले सञ्चालन मुनाफा ७ करोड ६० लाख रूपैयाँ आर्जन गरको थियो ।
एक वर्षको अवधिमा कम्पनीको जगेडा कोषमा ६९.२८ प्रतिशत रकम बढेको छ । गत आवको तेस्रो त्रैमासम्म कम्पनीको जगेडा कोषमा ८ करोड ६ लाख रुपैयाँ थियो भने चालू आवको सोही अवधिमा उक्त कोषमा १३ करोड ६५ लाख रुपैयाँ कायम भएको छ ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४.५४ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ३.०३ प्रतिशत बढेको छ ।
प्रतिक्रिया