काठमाडौं- सनराइज बैंकको संस्थापक शेयर आज (आइतवार) देखि विक्रीमा आएको छ ।
कम्पनीले एक सूचना जारी गरी १ लाख १० हजार २५७ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी विक्रीमा ल्याएको जानकारी दिएको छ ।
बैंकले संस्थापक शेयरधनी निर्म प्रधानको नाममा रहेको उक्त शेयर प्रतिकित्ता रू. १६० का दरले विक्री गर्न ३५ दिने सूचना जारी गरेको हो ।
यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र के कति मूल्यमा खरीद गर्ने हो खुलाई बैंकको प्रधान कार्यालय, गैह्रिधारा स्थितको रजिष्ट्री विभागमा शिलबन्दी पेश गर्नु पर्नेछ ।
प्रतिक्रिया