काठमाडौं, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ७ करोड बढी घाटामा रहेको छ ।
गत वर्षको सोही अवधीसम्म ४ करोड २५ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ७ करोड ३८ लाख ४४ हजार रुपैयाँ नोक्सानमा छ । बैंकले हालै सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तिय विवरणले यस्तो देखाएको हो ।
यसअवधिमा बैंक सञ्चालन नोक्सानमा गएको छ भने खराब कर्जा ह्वातै बढेको छ । यसले खुद नाफा प्रभावित भएको छ । साथै, इम्पेरिमेन्ट चार्ज पनि बढेको छ ।
यसअवधिमा बैंक ७ करोड ५८ लाख १२ हजार रुपैयाँ सञ्चालन नोक्सानमा छ । खराब कर्जा ७.८७ प्रतिशतले बढेर १०.७२ प्रतिशत पुगेको छ ।
चैत मसान्तसम्म आइपुग्दा प्रतिशेयर आम्दानी ११ रुपैयाँ ८० पैसा ऋणात्मक छ । प्रतिशेयर नेटवर्थ ९८ रुपैयाँ ०८ पैसा छ ।
प्रतिक्रिया