६ प्रतिशत बोनस प्रस्तावसहित एभरेष्ट  इन्सोरेन्सको साधारण सभा बुधबार,कहाँ ?

४ बर्ष अगाडि

काठमाडौं, एभरेष्ट इन्सोरेन्सले वैशाख २१ गते बुधबार वार्षिक साधारण सभा बोलाएको छ । सभा, अग्रवाल भवन, काठमाडौंमा दिउँसो २  बजेबाट सुरु हुनेछ । 

सभामा कम्पनीले गत वर्षको नाफाबाट ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभामा पेस गर्ने भएको छ । यस्तै, निर्जीवन बिमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी सबै अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव छ । 
 
आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । त्यस्तै, कम्पनीको अधिकृत पुँजी बढाएर ३ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । 
 
सभा प्रयोजनका लागि कम्पनीले वैशाख १२ गते एक दिन बुक क्लोज गरेको छ । वैशाख ११ गतेसम्म कायम रहेका शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया