काठमाडौं- गत साता नेप्से परिसूचक करिब ३०.७२ अंकले बढेको थियो ।
बन्द भएको छ। अघिल्लो साता २३२५.४५ विन्दुमा बन्द भएको नेप्से, गत साता १।३२ प्रतिशतले बढेर २३५६.१७ विन्दुमा बन्द भएको छ।
यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा २५३५.४८ विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने २२५९.५२ विन्दुमा टेवा पाउने देखिन्छ।
यस साता पनि नेप्सेको ५ दिने इएमए, २० दिने इएमएभन्दा तल रहेको छ। यसले बजार अझै करेक्सन जोनमा रहेको संकेत गर्दछ। यद्यपि, गत साता यी दुई इएमएबीचको दूरी साँघुरिँदै गएको छ।
यस साता नेप्से उकालो लागेपनि भोल्यूम भने कमजोर नै रहेको छ। यस साता नेप्सेमा दैनिक औषतमा १ अर्ब ६४ करोडको शेयर खरिदबिक्री भएको छ। नेप्सेको २० दिने औषत भोल्यूम १ अर्ब ७४ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ५.७६ प्रतिशत कम हो।
गत साता १३ मध्ये ११ उपसमूहको परिसूचक बढेको थियो भने २ उपसमूहको परिसूचक घटेको थियो। गत साता सो उपसमूहको परिसूचक १.५८ प्रतिशत घटेको थियो।
अघिल्लो साता २१७६.९३ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, गत साता ३४.३६ अंक घटेर २१४२.५७ विन्दुमा बन्द झरेको छ।
यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा २५०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १७५० विन्दुमा टेवा पाउने देखिन्छ।
गत साता यस उपसमूहको ५ दिने इएमए २० दिने इएमएभन्दा तल रहेको छ। यसले बजारमा सो उपसमूहको बाइङ्ग मोमेन्टम कमजोर रहेको संकेत गर्दछ।
प्रतिक्रिया