अफ्रिकन रिपब्लिक बन्यो बिटक्वाइनलाई कानुनी रुपमा मुद्राको मान्यता दिने विश्वको दोस्रो देश

३ बर्ष अगाडि

एजेन्सी - सेन्ट्रल अफ्रिकन रिपब्लिक बिटक्वाइनलाई कानुनी रुपमा मुद्राको मान्यता दिने विश्वको दोस्रो देश बनेको छ । 

सेन्ट्रल अफ्रिकन रिपब्लिकका सांसदहरुले बिटक्वाइनलाई कानुनीमा रुपमा मुद्राको मान्यता दिने प्रस्ताव सर्वसम्मतले पारित गरेका छन् । 

सेन्ट्रल अफ्रिकन रिपब्लिक विश्वको गरिब देशमध्ये एक हो । तर, यो देशमा हीरा, सुन र युरेनियमको ठूलो खानी छ। रुसको घनिष्ट सहयोगी यो देश वर्षौंदेखि द्वन्द्वले ग्रस्त छ र वाग्नर समूहले विद्रोहीहरु सँग लड्न सहयोग गरिरहेको छ । 

बिटक्वाइनलाई कानुनी मान्यता दिएपछि त्यहाँको संसदले यो कदमले सेन्ट्रल अफ्रिकन रिपब्लिकलाई विश्वको साहसी र दूरदर्शी देशका रुपमा उभ्याएको जनाएको छ । 

सन् २०२१ मा बिटक्वाइनलाई कानुनी मुद्राको मान्यता दिने एल साल्भाडोर विश्वको पहिलो देश बनेको थियो। एल साल्भाडोरको उक्त कदमले वित्तीय अस्थिरताको जोखिम बढाएको भन्दै थुप्रै अर्थशास्त्री तथा अन्तर्राष्ट्रिय मुद्रा कोषले आलोचना गरेका थि ए। 

यस्तै अन्यले यसले अपराधीहरुलाई कालो धनलाई कानुनी बनाउन सहयोग गर्ने र बिटक्वाइनको प्रयोगका लागि अत्यधिक विद्युत खपत हुने भएकाले यसले वातावतरणमा समेत प्रभाव पार्ने भय प्रकट गरेका थिए । 

३ बर्ष अगाडि

प्रतिक्रिया