काठमाडौं - नबिल बैंकले ‘नेशलन एचआर एक्सिलेन्स अवार्ड २०२२’ प्राप्त गरेको छ ।
मानव संसाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले नबिल बैंकलाई सो अवार्ड प्रदान गरेको हो । कम्पनीको एचआर मिट २०२२ अन्तर्गत यो अवार्ड नबिल बैंकले प्राप्त गरेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंक भित्र रहेको मानव संसाधनलाई बैंकले सन्तुष्ट हुने गरि व्यापक सदुपयोग गरि काममा सहजता ल्याएको कारण अवार्ड प्रदान गरेको कम्पनीले जनाएको छ । कर्मचारीहरुको बैकप्रतिको अनुभवको उत्कृष्टताको आधारमा कम्पनीले बैंकलाई अवार्ड प्रदान गरेको ग्रोथ सेलरले जानकारी दिएको छ ।
उक्त अवार्ड नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय कुमार रेग्मी, प्रमुख मानव संशाधन अधिकृत रोशन कोइराला लगायत सम्पूर्ण मानव संसाधन विभागका कर्मचारीहरूले ग्रहण गरेका थिए ।
कम्पनीले अवार्ड छनौटका लागि प्रोफेसर डा। सुवास केसीको संयोजकत्वमा निर्णायक मण्डल बनाएको थियो । सोहि छनौट समितीले नबिल बैंकलाई उक्त अवार्ड दिने निर्णय गरेको हो ।
बैंकमा कर्मचारीहरुको कार्यसम्पादनका साथै उनीहरुको बैंकप्रतिको विश्वास र अनुभवको आधारमा साथै मानव संसाधनलाई बैंकले व्यापक उपयोग गरेको आधारमा अवार्ड दिने निर्णय भएको हो ।
प्रतिक्रिया