नेप्सेमा २ इन्स्योरेन्सको सेयरमूल्य समायोजन, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यो साता दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । सगरमाथा इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको हो । 

सगरमाथा इन्स्योरेन्स
सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य नेपाल नेप्सेमा समायोजन भएको छ । 

कम्पनीको २० प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ७९ रूपैयाँ १७ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । 

नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य १ हजार २ सय ९५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

एभरेष्ट इन्स्योरेन्स 
नेप्सेमा एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । 

कम्पनीको ६ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ५ सय ४४ रूपैयाँ ३४ पैसा कायम हुनेगरि मूल्य समायोजन गरेको छ । 

नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ५ सय ७७ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया