काठमाडौं - नेपाल राष्ट्र बैंकले वैशाख १९ गते (सोमबार) १९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ ।
केन्द्रीय बैंकले वैशाख २० गते जारी गर्न लागेको २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल सोमबार गर्ने भएको हो । राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल आउँदो जेठ १७ गते परिपक्व हुनेछ ।
त्यस्तै केन्द्रीय बैंकले ९१ दिनका लागि ५ अर्ब १० करोड रुपैयाँ ट्रेजरी बिल जारी गर्दैछ। यो ट्रेजरी बिल आउँदो साउन १७ गते परिपक्व हुनेछ । यसैगरी बैंकले १८२ का लागि १० अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्नेछ ।
यो ट्रेजरी बिल भने आउँदो कात्तिक १५ गते परिपक्व हुनेछ। केन्द्रीय बैंकले २०८० वैशाख १९ गते परिवक्व हुने गरी ३६४ दिने २ अर्ब रुपैयाँको ट्रेजरी बिल पनि जारी गर्नेछ ।
यी ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।
प्रतिक्रिया