काठमाडौं - ताप्लेजुङ काठमाडौं सम्पर्क मञ्चको आयोजनामा शुभकामना आदान प्रदान तथा बृहत् जिल्ला भेला कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार एस आर पाटी प्यालेस धुम्बाराहीमा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेकपा एमालेका उपाध्यक्ष राम बहादुर थापा बादल, वशिष्ठ अतिथिमा नेकपा एमालेका सचिव योगेश भट्टराई, र अतिथिहरूमा नेकपा एमालेका केन्द्रीय सदस्य टंक आङबुहाङ लगायत अन्य नेताहरूको उपस्थित रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका उपाध्यक्ष राम बहादुर थापा बादलले अहिले देशको स्वतन्त्रता, लोकतन्त्र र अस्मिता जोखिममा रहेको बताए । उनले भने, 'लोकतन्त्र भनेको जनादेशबाट लागू हुने प्रणाली हो तर त्यो लोकतन्त्र अहिले प्रतिगमन तिर फर्केको छ ।' देश आज जनादेशबाट होइन अध्यादेशबाट सञ्चालित भइरहेको छ ।
यस्तै वशिष्ठ अतिथि प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री समेत रहेका भट्टराईले नेकपा एमालेको विरुद्धमा अरु कुनै दल नभएको गठबन्धन मात्र भएको पनि बताए । आफूलाई बहुदलीय व्यवस्थाको च्याम्पियन मान्ने नेपाली कांग्रेस यो प्रतिस्पर्धाबाट भाग्दा आफूलाई अचम्म लागेको पनि बताएका छन् । उनले भने, 'नेपाली कांग्रेस प्रतिस्पर्धामा आउन खोजेको छैन । माओवादी यसको विपक्षमा हुँदा मलाई अचम्म लाग्दैन किनभने माओवादीको सिद्धान्त मूलत बहुदलीय प्रतिस्पर्धा होइन् उसको सिद्धान्त एक दलीय व्यवस्था हो । तर नेपाली कांग्रेस यो प्रतिस्पर्धाबाट भाग्नु र इन्कार गर्नु आफैमा आश्चार्यजनक रहेको छ ।'

अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य टंक आङबुङले नेकपा एमालेले जनता र कार्यकर्ताको विश्वास जितेको हुनाले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा एमालेको जित निश्चित रहेको बताए । कार्यक्रममा क्यालेन्डर विमोचन तथा केही समय अघि निवार्चित भएका ताप्लेजुङ काठमाडौं सम्पर्क मञ्चका पदाधिकारीहरूलाई प्रमाण पत्र वितरण गरिएको थियो ।
यस्तै सम्पर्क मञ्चका अध्यक्ष मिङमा कामी शेर्पाले आगामी हुने निर्वाचनमा आ-आफ्नो जिम्मेवारीलाई आत्मासाथ गरेर अघि बढ्न सबैमा आग्रह गरेका छन् । आफ्नो जनप्रतिनिधिलाई जिताउन र आफ्नो मतदान अधिकारको सदुपयोग गर्न सम्पूर्ण काठमाडौंमा रहेका ताप्लेजुङ जिल्ला बासीहरू जिल्ला जान मञ्चका सचिव प्रेम गुरागाँईले अनुरोध गरेका छन् ।
प्रतिक्रिया