काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष राम बहादुर थापा (बादल) ले अहिले देशको स्वतन्त्रता, लोकतन्त्र र अस्मिता जोखिममा रहेको बताएका छन् । शुक्रबार ताप्लेजुङ काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदान प्रदान तथा बृहत् भेलालाई सम्बोधन गर्दै देशको लोकतन्त्र प्रतिगमन तिर फर्केको बताएका हुन् ।
उनले भने 'लोकतन्त्र भनेको जनादेशबाट लागू हुने प्रणाली हो । तर, त्यो लोकतन्त्र अहिले प्रतिगमन तिर फर्केको छ । देश आज जनादेशबाट होइन, अध्यादेशबाट सञ्चालित भइरहेको छ ।' साथै उनले यो अलोकतान्त्रिक र राष्ट्रघाती सरकारले देशको अर्थतन्त्र अस्तव्यस्त बनाएको आरोप समेत लगाए ।
नेपालको समृद्धि उल्टो दिसा तिर अगाडि बढिरहेको बताउँदै उनले भने, 'यो कमफटेवल सरकारले देशको अस्मिता र लोकतन्त्रलाई बन्धकी राखेको हामिले देखेका छौ । एमसिसिको घटना होस, या महाकालीको घटना तपाईंले हेर्नु भो भने, देशको राष्ट्रियता र अस्मितालाई विदेशी सँग बन्धकी राखेको पाउनु हुने छ ।'
यो सँगै उनले आगामी हुन लागेको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले आफ्नो नाराहरू स्पष्ट रूपामा लिएको जिकिर गरे ।
प्रतिक्रिया