दुई महिनामा ईयूले रुसबाट आयात गर्‍यो ४६.३ बिलियन डलर बराबरको इन्धन

३ बर्ष अगाडि

एजेन्सी - रुसले युक्रेनमा आक्रमण गरेको दुई महिनाको अवधिमा युरोपेली युनियन ९ईयू० ले रुसबाट ४४ बिलियन युरो ९४६.३ बिलियन डलर०बराबरको इन्धन आयात गरेको छ ।

सेन्टर फर रिसर्च अन इनर्जी एन्ड क्लिन अरले एक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो तथ्य बाहिर ल्याएको हो । केही आपूर्तिकर्ताले रुसी इन्धनमा प्रतिबन्ध लगाएर अन्य विकल्प खोजे पनि युरोपेली युनियनले फेब्रुअरी २४ देखि अप्रिल २४ सम्मको अवधिमा रुसबाट ठूलो परिणामा इन्धन आयात गरेको छ । 

रिपार्टका अनुसार युरोपेली युनियनले दुई महिनाको अवधिमा आयात गरेको इन्धनको मूल्य गत वर्षको सोही अवधिको तुलनामा दोब्बरले बढी हो । यो अवधिमा गत वर्षका तुलनामा युरोपेली युनियनले रुसबाट १० प्रतिशत बढी ग्यास र २० प्रतिशत बढी प्राकृतिक तरल ग्यास आयात गरेको छ । 

तर, यो अवधिमा रुसी तेल र कोइलाको आयात भने क्रमशः २० र ४० प्रतिशतले घटेको छ । रुसले विश्वभरको इन्धन निर्यातबाट गरेको आर्जनमा युरोपेली युनियनको हिस्सा ७० प्रतिशत रहेको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया