सर्वोच्चको फौसाला गभर्नरको पक्षमा

४ बर्ष अगाडि

 काठमाडौं - सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीको पक्षमा फौसाला गरेको छ । सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीको निलम्बन रोक्ने अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । 

अब सर्वोच्चको यस्तो आदेशसँगै गभर्नर अधिकारीले निरन्तर काम गर्न पाउने छन् । सरकारले गभर्नरबिरुद्ध कारणबिना जाँचबुझ समिति गठन गर्न नमिल्ने अदालतले जनाएको छ ।

आज शुक्रबार न्यायाधीश सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । 

न्यायाधीश सपना प्रधान मल्ल र टंक मोक्तानको संयुक्त इजलासमा अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा मंगलबारदेखि सुनुवाइ भएको थियो ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया