२७७१ जनाको परीक्षणमा १४ जनामा संक्रमण पुष्टि, २ लाख बढीले लगाए खोप र सक्रिय संक्रमित कति ?

३ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७७१ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्या बराबरमा संक्रमण पुष्टि भएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा १९ जना निको भएका छन् । यो संगै मुलुकभर निको हुनेको संख्या ९ लाख ६६ हजार ६१२ पुगेको छ । 

पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ११ हजार ९ सय ५१ जनाको ज्यान गुमाइसकेका छन् । 

नेपालमा अहिले २४३ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । 

यस्तै, पछिल्लो २४ घण्टामा २ लाख ९ हजार ५६ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया