काठमाडौं- मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकहरुलाई काठमाण्डौको बालाजुस्थित डेन्टलप्रो एन्ड इम्प्लान्ट क्लिनिकमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन काठमाण्डौको बालाजुस्थित डेन्टलप्रो एन्ड इम्प्लान्ट क्लिनिकसँग विभिन्न सेवाहरुमा विशेष २० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो ।
यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले उक्त क्लिनिकमा विभिन्न सुविधामा विशेष छुट प्राप्त गर्न सक्नेछन्।
यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।
प्रतिक्रिया