काठमाडौं- समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले केन्द्रीय कार्यालयको जनशक्ति तथा तालिम विभाग अन्तर्गत वरिष्ठ अधिकृत/सहायक अधिकृत/कनिष्ठ अधिकृत, लेखा विभागका लागि वरिष्ठ अधिकृत/कनिष्ठ अधिकृत, वित्त विभागका लागि कनिष्ठ अधिकृत/वरिष्ठ सहायक, कर्जा जोखिम तथा असुली विभागका लागि वरिष्ठ तथा कनिष्ठ अधिकृत, सूचना तथा प्रविधि विभाग अन्तर्गत, बरिष्ठ अधिकृत।कनिष्ठ अधिकृत केही संख्यामा र ग्राहक सेवा डेक्सका लागि सहायक अधिकृत (एकजना महिला) माग गरेको हो ।
यस्तै, अनुगमन अधिकृत।इलाका प्रमुख तोकिएको इलाकाका लागि केही संख्यामा, केही शाखा कार्यालयका लागि शाखा प्रमुख, फिल्ड कर्मचारी र प्रशिक्षार्थी केही संख्यामा माग गरेको छ ।
सो पदहरुका लागि कम्पनीले स्नातक तह उत्तीर्णदेखि न्युनतम एसईई उत्तीर्णसम्मको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले १५ दिनभित्र कम्पनीको वेबसाइटमा गएर आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया