प्राइम कमर्सियल बैंकले ल्यायो संस्थापक शेयर बिक्रीमा

४ बर्ष अगाडि

काठमाडौं, प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुकले कम्पनीका विद्यमान संस्थापक शेयरधनीले ३५ दिनभित्र कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।

साथै तोकिएको अवधिभित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर कम्पनीको प्रचलित नियमअनुसार अन्य ब्यक्ति तथा संघ सस्थालाई बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया