काठमाडौं - रेड पाण्डा संरक्षणमा सक्रिय ताप्लेजुङको सिरीजंघा ८ याम्फुदिनका सोनाम लामाले विश्व प्रतिष्ठित हवीट्ली फन्ड फर नेचर (डब्लूएफएन) अवार्ड पाएका छन् ।
बुधबार राति लण्डनमा आयोजित समारोहमा लामालाई ४० हजार पाउण्ड (करिब ६२ लाख नेपाली रुपैयाँ) सहित उक्त अवार्ड प्रदान गरिएको हो ।
डब्लूएफएनका संरक्षक सर डेभिड एटनबर्गको उपस्थितीमा बेलायती राजकुमारी एनले लामालाई अवार्ड प्रदान गरेकी हुन् । यो अवार्ड अन्य ५ जनालाई पनि पनि प्रदान गरिएको थियो ।
प्रतिक्रिया