काठमाडौं- स्वभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा संस्थाले ३ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
संस्थाले गत आवको यसै अवधिसम्ममा ३ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन यस आवको तुलनामा १६.१४ प्रतिशत बढी थियो ।
यस अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी २०.३४ प्रतिशतले बढेर ८ करोड ५४ लाख रुपैयाँ पुगेको छ भने संचालन नाफा २९.१८ प्रतिशतले घटेर ३ करोड ७८ लाख रुपैयाँ रहेको छ ।
समिक्षा अवधिसम्म संस्थाले बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब २७ करोड ३० लाख रुपैयाँ सापटी लिई १ अर्ब ९९ करोड ४३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ भने ६२ करोड ६६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
चालु आवको तेस्रो त्रैमासम्ममा संस्थाको चुक्तापुँजी ३२ प्रतिशतले बढेर १२ करोड १७ लाख रुपैयाँ पुगेको छ भने रिजर्भको आकार २७ प्रतिशतले बढेर ६ करोड ४७ लाख रुपैयाँ संचित रहेको छ ।
यस अवधिसम्म संस्थाको वार्षिकी प्रतिशेयर आम्दानी २० रुपैयाँ ९९ पैसाले घटेर ३६.३४ रुपैयाा पुगेको छ । प्रतिशेयर नेटवर्थ ३.३९ रुपैयाँ घटेर १४४.०५ रुपैयाा कायम भएको छ ।
प्रतिक्रिया