काठमाडौं- अजोड इन्स्योरेन्स लिमिटेडमा सीईओ कुमारबहादुर खत्रीको कार्यकाल थप गरिएको छ ।
बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओ खत्रीको कार्यकाल थप गर्ने निर्णय गरेको हो। समितिले खत्रीको कार्यकाल ४ वर्ष थप्ने निर्णय गरेको छ।
सीईओ खत्रीको कार्यकाल थप गर्ने निर्णय स्वीकृतिका लागि बीमा समितिमा पठाउने निर्णय पनि सञ्चालक समितिले गरेको छ।
प्रतिक्रिया