काठमाडौं, युनियन हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले २ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ८९ लाख ८७ हजार रुपैयाँ घाटा व्यहोरेको थियो।
यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ६ करोड ५९ लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ५ करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको थियो।
चुक्तापुँजी ७५ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भमा ५ करोड ४ लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष यही अवधिमा कम्पनीको रिजर्भ ७ करोड २२ लाख रुपैयाँले ऋणात्मक रहेको थियो।
कम्पनीको वार्षिकीकरण प्रतिशेयर आम्दानी ५.५५ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात ६७.१० गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ९३.२७ रुपैयाँ रहेको छ।
प्रतिक्रिया