काठमाडौं - चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनासम्ममा ४२ करोड ३ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार उक्त आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४१।२६ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १७ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
सञ्चालन आम्दानी बढेसँगै कम्पनीको नोक्सानी घटेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १८ करोड ११ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २ करोड ९४ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ ।
चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ५६ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ७० रुपैयाँ ७ पैसा रहेको छ ।
१ अर्ब ५३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ४४ करोड ९४ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
प्रतिक्रिया