नेसनल हाइड्रोपावरको आम्दानी ९ महिनामा २ करोड ८४ लाख, ईपीएस कति ?

३ बर्ष अगाडि

काठमाडौं - नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ३ करोड ६१ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष यही अवधिमा कम्पनीले २ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको थियो। यो हिसाबले कम्पनीको आम्दानी २७.२६ प्रतिशतले बढेको छ। 

यो अवधिमा चुक्तापुँजी १ अर्ब ६४ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भमा ३ करोड ४४ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा कम्पनीको रिजर्भ ३३ करोड २९ लाख रुपैयाँले ऋणात्मक रहेको थियो । 

कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी ९० ३.१५ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ८४.०३ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १०२.१० रुपैयाँ रहेको छ।  

३ बर्ष अगाडि

प्रतिक्रिया