जेठ १ गतेदेखि लागू हुने दुई दिन सार्वजनिक बिदाले उद्योगी व्यवसायीलाई समस्या

३ बर्ष अगाडि

काठमाडौं - नेपाल समुद्रपार निकासी पैठारी संघले आगामी जेठ १ गतेदेखि लागू हुने गरी साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेकोमा ध्यानाकर्षण भएको जनाएको छ ।

सरकारको यो निर्णयबाट सरकारका प्रशासनिक निकायबाट नियमित काम लिनुपर्ने एवं बैंक, वित्तीय संस्था र बीमा कम्पनीसँग कारोबार गर्नुपर्ने उद्योग, व्यवसायको क्षेत्रमा भन् झन् कठिनाइ उत्पन्न हुने संघले जनाएको छ ।

“बैंक, वित्तीय संस्थाहरु हप्तामा लगातार दुई दिन बन्द हुँदा आयातित वस्तुको भन्सार जाँचपास प्रक्रिया लम्बिन गई औद्योगिक कच्चा पदार्थ एवं अन्य वस्तु आयातकर्ता व्यवसायीमाथि विलम्ब शुल्क र डेमरेजको भार थपिने यस संघको ठहर छ । बैंक, वित्तीय संस्थामार्फत हुने आर्थिक कारोबार पनि प्रभावित भई उद्योग, व्यवसायमा नकारात्मक असर पर्न सक्छ । अतः सरकारी कार्यालयहरु हप्ताको दुई दिन बन्द गरे पनि बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरु हप्तामा एक दिनमात्र बिदा गर्न संघ जोडदार माग गर्दछ,” संघद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया