ट्वीटर खरिद गर्ने निर्णय फिर्ता गरे एलन मस्कले एक अर्ब डलर जरिवाना तिर्नुपर्ने

३ बर्ष अगाडि

एजेन्सी - ट्वीटर कम्पनीलाई ४४ अर्ब डलरमा खरिद गर्ने सम्झौता गरेका एलन मस्कले आफ्नो निर्णय फिर्ता गरे एक अर्ब डलर जरिवाना तिर्नुपर्ने हुन्छ । 

यति मात्र नभएर यो सम्झौता अक्टोबर २४ सम्म आधिकारिक रुपमा पक्का नभएमा स्वतः रद्द हुने पनि बताइएको छ । यसका लागि थप ६ महिनाको म्याद थप्न सकिन्छ तर त्यसमा विभिन्न शर्त लागू हुनेछन् । 

टेस्ला कम्पनीका मालिक एलन मस्क विश्वकै सर्वाधिक धनी व्यक्ति हुन् । तर ट्वीटर कम्पनीलाई उनले निजीमा परिणत गर्दै खरिद गर्ने बताएदेखि सबैतिर व्यापक बहस चलिरहेको छ ।

ट्वीटरलाई लिएर उनका आगामी योजनाहरु विवादास्पद मानिएकाले पनि सामाजिक संजालभरि कोही मस्कको पक्षमा छन् भने कसैले चाहिँ उनको विरोध गर्दै ट्वीटर प्लेटफर्म नै छाड्ने घोषणा गरिरहेका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया