काठमाडौं - नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र नेपाल वेयरहाउजिङ कम्पनीबीच सेयर लगानी सम्झौता भएको छ । निफ्राले नेपाल वेयरहाउजिङको नाममा रहेको ५ करोडबराबरको ५ लाख कित्ता सेयर खरिद गर्ने सम्झौता गरेको हो ।
नेपाल वेयरहाउजिङको काठमाडौं सिनामंगलस्थित रजिस्र्ड कार्यालयमा एक कार्यक्रमबीच सम्झौतापत्रमा निफ्राका नायब महाप्रबन्धक सूर्यबहादुर तामाङ र नेपाल वेयर हाउजिङका प्रमुख कार्यकारी अधिकृत जयमुकुन्द खनालले हस्ताक्षर गरेका छन् ।
यो रकम कम्पनीको कुल जारी पुँजी ६८ करोड ७५ लाख रुपैयाँको ७.२७ प्रतिशतबराबर हुन आउँछ । कम्पनीले कुल जारीपुँजीको ८० प्रतिशतले हुन आउने रकम ५५ करोडबराबरको ५५ लाख कित्ता साधारण सेयर विभिनन संस्थागत र व्यक्तिगत लगानीकर्तालाई बिक्री गरेको छ ।
बाँकी २० प्रतिशतले हुन आउने १३ करोड ७५ लाख रुपैयाँबराबरको १३ लाख ७५ हजार कित्ता साधारण सेयर प्रारम्भिक सार्वजनिक निष्कासनमार्फत सर्वसाधारणलाई बिक्री गर्ने लक्ष्य राखेको छ ।
प्रतिक्रिया