गाउँगाउँमा जन्मदर्ता

७ बर्ष अगाडि


डोटी – गाउँपालिका तथा वडा कार्यालयमा जन्मदर्ता गराउनेको सङ्ख्या घट्न थालेपछि जिल्लाको जोरायल गाउँपालिकाले गाउँगाउँमा गएर जन्तदर्ता गराउने अभियान शुरुआत गरेको छ । 

अभियानका लागि गाउँपालिकाले छुट्टै टोली परिचालन गरेको छ । आफ्नो गाउँपालिकाका पाँचै वडाका गाउँमा पुगेर उक्त टोलीले जन्म, विवाह र मृत्यु दर्ता गर्ने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा खासै कसैले पनि जन्म, मृत्यु र विवाह दर्ता गरेको पाइएन त्यसैले यसलाई अभियानकैरुपमा लिएर काम गरिरहेका छौँ ।” सोमबारदेखि शुरु अभियान एक हप्ता चल्नेछ । 

पाँच वर्षमुनिका बालबालिकाका लागि सरकारले बालपोषण अनुदानका लागि जन्मदर्ता भइसकेका सबैको विवरण आगामी फागुन मसान्तभित्र मुख्य घटना दर्ता तथा सामाजिक सुरक्षा सूचना व्यवस्थापन प्रणालीमा प्रविष्ट गरिसक्नेछ । आगामी चैतदेखि बालपोषण अनुदानबापत प्रतिमहीना रु ४०० का दरले उपलब्ध गराइने गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले जानकारी दिनुभयो । 

छोराको आशमा भू्रणको हत्या 
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा लिङ्ग पहिचान गरेर छोरीलाई भू्रणमै हत्या गर्नेक्रम बढ्दो रहेको स्वास्थ्यकर्मीले बताएका छन् । कानूनले १२ हप्ता अर्थात् तीन महीनासम्मको मात्रै गर्भपतन गर्न पाउने व्यवस्था गरेको भए पनि यहाँका जिल्लामा लिङ्ग पहिचान गरेर चार महीनापछि पनि गर्भपतन गराउने काम भइरहेको उनीहरुको भनाइ छ । 

गर्भमा लिङ्ग पहिचान गर्न नपाइने कानूनी प्रावधान भए पनि गोप्यरूपमा लिङ्ग पहिचान गरी गर्भपतन गर्ने गरिएको स्थानीय बासिन्दा बताउँछन् । प्रदेशका धनगढी, महेन्द्रनगर, अत्तरिया, नेपालगञ्ज, डोटी र भारतका पलिया, रूपैडिया, खटिमालगायतका बजारका केही निजी अस्पतालमा लिङ्ग पहिचान गरेर गर्भपतन गर्ने गरेको छन् । डोटीको दिपायलस्थित गैरागाउँकी स्थानीय कालु विकले पहिलो छोरी भएपछि अर्की पनि छोरी हुने डरले पलिया गएर गर्भपतन गराएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “पलिया गए मेसिनले हे¥यो, छोरी रहेछ, फालेर आयौँ”, स्वास्थ्य परीक्षण गर्न श्रीमान्सँग भारत पुगेकी कालुले दुवैको सहमतिमा गर्भपतन गराएको बताउनुभयो । छोराको आशमा पटकपटक गर्भपतन गर्दा महिलालाई ठूलो समस्या पर्ने शैलेस्वरी अस्पताल दिपायलका डा राजेश बाहुनले बताउनुभयो । उहाँले भन्नुभयो, “धेरैपटक गर्भपतन गराउँदा महिलाको पाठेघरमा घाउ भएर कामै नलाग्ने हुनसक्छ, धेरै गर्भपतन गराउनु राम्रो होइन ।” 

छोरा नभए आफू मरेपछि काजकिरिया गर्ने र अंश खाने कोही हँुदैन भन्ने आशमा यहाँका स्थानीय गर्भमै छोरीको हत्या गर्नसम्म तयार हुने गरेको स्थानीय उत्तम द्वारीयाले बताउनुभयो । उहाँले भन्नुभयो, “अंश खाने र काजकिरिया गर्न छोरा नै चाहिन्छ भन्ने अन्धविस्वासले सुदूरपश्चिममा भू्रण हत्या हँुदैछ ।” 

७ बर्ष अगाडि

प्रतिक्रिया