सगरमाथा इन्स्योरेन्सको शेयरमूल्य नेप्सेमा समायोजन, अब समायोजनपछि कति होला मूल्य ?

४ बर्ष अगाडि

काठमाडौं, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ । 

कम्पनीको २० प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ७९ रूपैयाँ १७ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य १ हजार २ सय ९५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीको वार्षिक साधारण सभा २०७९ बैशाख २८ गते (बुधबार)लैनचौर बैंङक्वेट्स, लैनचौर काठमाडौंमा बिहान १०स्३० बाट सुरु हुनेछ । 

कम्पनीले आ।व २०७७र७८ को मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया