राष्ट्र उत्थान लघुवित्तको नाफा साढे ५ करोडमाथि,  प्रतिशेयर आम्दानी कति ?

४ बर्ष अगाडि

काठमाडौं, राष्ट्र उत्थान लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा साढे ५ करोड बढी नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष तेस्रो त्रैमासको वित्तिय विवरण यस्तो देखाएको हो । 

वित्तिय विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्ष तेस्रो त्रैमासमा ५ करोड ५५ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा ७०.२० प्रतिशतले वृद्धि गरेको हो । गत वर्ष भने ३ करोड २६ लाख ३७ हजार रुपैयाँ नाफा कमाएको थियो । 

कम्पनीको खुद ब्याज आम्दानी ३५.६१ प्रतिशत र सञ्चालन नाफा ७४.२२ प्रतिशतले बढेपछि खुद नाफामा पनि सुधार भएको हो । साथै, गत वर्षको तुलनामा प्रोभिजनिङ पनि कम भएको छ ।
 
यता, राष्ट्र उत्थानले हालै आइपीओ बिक्री गरी चुक्ता पुँजी २६ करोड रुपैयाँ पुर्याएको छ । जगेडा कोषमा ६७.०२ प्रतिशतले वृद्धि हुँदै १७ करोड ३५ लाख २५ हजार रुपैयाँ जम्मा भएको छ । यस अवधिमा राष्ट्र उत्थानको प्रतिशेयर आम्दानी भने वार्षिक २८ रुपैयाँ ४९ पैसा र प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ ७४ पैसा रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया