काठमाडौं, त्रिभुवन विश्वविद्यालय वैशाख २२ गतेदेदिख वर्षे विदा दिने घोषणा गरेको छ । विश्वविद्यालयले ले चुनावलाई लक्षित गर्दै यही वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म चालु शैक्षिक सत्रको वर्षे बिदा दिने जनाएको छ ।
समेस्टर प्रणालीबाट अध्यापन हुने क्याम्पस बाहेक अन्य क्याम्पस, विभाग र स्कुलहरुको हकमा यो विदा लागु हुनेछ । यस अवधिमा सञ्चालन हुने परीक्षाहरु भने निरन्तर चल्ने विश्वविद्यालयले जनाएको छ ।

प्रतिक्रिया