सन नेपाल लाइफद्धारा ११ लाख मृत्यु दाबी रकम भुक्तानी

४ बर्ष अगाडि

काठमाडौं-सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको अर्घाखाँची शाखाले दुर्घटनामा परि ज्यान गुमाएका अर्घाखाँचीको भुमिकास्थान–९ निवाशी स्व. सन्जय बिक को परिबारलाई मृत्यु दाबि बापतको रकम ११ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

उक्त रकम निजका मृतकका बुबा वीर बहादुर सुनार लगायत अन्य शुभचिन्तक को उपस्थिति मा मृतक कि श्रीमती तथा ईच्छाईएको ब्यक्ति सपना बिकलाई अर्घाखाँची शाखा प्रमुख मिना बस्यालले हस्तान्तरण गरेकी हुन् ।

स्व. बीमितले बैदेशिक रोजगारमा जानुअघि सन नेपाल लाईफ ईन्स्योरेन्स बाट बैदेशिक रोजगार म्यादि जीवन बीमा पोलिसी लिएका थिए । उक्त बीमामा बिमाङ्क बापत १० लाख रुपैयाँ र किरिया खर्च बापत १ लाख रुपैयाँ गरि ११ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया