बाग्मती सफाईको ३ सर्यौ हप्ताभव्य रुपमा मनाउने सरकारको तयारी

७ बर्ष अगाडि

सरकारले बागमती नदी सफाई अभियानको ३ सर्यौ हप्तालाई भव्य रुपमा मनाउने तयारी गरेको छ । आगामी २६ गते सरसफाई अभियानको ३ सय हप्ताको अवसर पारेर सरकारले स्वच्छता मेरो पहिचान, सफाईमा मेरो योगदानभन्ने नारा सहित मुलुकभर सरसफाईको सन्देश दिने गरी बिशेष कार्यक्रम आयोजना गर्न लागे को हो । 

तीन सय हप्ता सफाई अभियानको संयोजन शहरी बिकास मन्त्रालय गरेको छ । अभियानको तयारी गर्न शहरी विकास मन्त्री मोहम्मदइ स्तियाक राईको संयोजकत्वमा बिशेष कार्यक्रममूल समारोह समिति गठन भएको छ । 

कार्यक्रमलाई भव्यएवं बिशेष बनाउन प्रधानमन्त्रीको प्रमुख आथित्यमा कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । 

उक्त सफाई अभियानलाई सफलबनाएर देशभर सरसफाईको सन्देश दिन मन्त्रालयको समन्वयमा लगातार तयारी बैठक आयोजना गरिएको शहरी विकास मन्त्री मोहम्मदइस्तियाक राईले बताउनुभयो । मन्त्री राईले बागमती सफाई अभियानले मुलुकभर नै सरसफाईको सन्देश गएको भन्दै यसलाई सफल बनाउन सवैको सहयोग अपरिहार्य रहने उल्लेख गर्नुभयो । 

सरकारी निकायसँगको समन्वय, अभियान्ता, विभिन्न संघसंस्था, सर्वसाधरण र बिशेष गरी सुरक्षा निकायको महत्वपुर्ण भूमिका कारण बागमती सफाई अभिायानले निरन्तरता पाएको भन्दै मन्त्री राईले सर सफाईका लागि जनस्तरमा सचेतना जगाउन आवश्यक रहेको टिप्पणी गर्नुभयो । 

शहरी बिकास मन्त्रालयका सचिवडा. रमेश प्रसाद सिंहले तीन सय हप्ताको सफाई अभियानलाई सफल बनाउन मन्त्रालयले दैनिकजसो सरोकारवाला पक्षसँग छलफल गरिरहेको भन्दै काठमाण्डौ उपत्यकाबाहिर पनि सरसफाई अभियानको थालनी गराउनमन्त्रालयले बिशेष पहलगर्ने बताउनुभयो । 

सफाई अभियानमा अनिवार्य उपस्थित हुन कर्मचारीलाई मन्त्री राईको निर्देशन
यसै बीच शहरी विकास मन्त्री मोहम्मदइ स्तियाक राईले तीन सय हप्ताको अवसरका माघ २६ गते हुन लागेको सफाई अभियानमा अनिवार्य उपस्थित हुन मन्त्रालयमातहतका सवै कर्मचारीलाई निर्देशन दिनुभएको छ । 

उक्त सफाई महाअभियानको नेतृत्व शहरी विकास मन्त्रालयले लिएकाले त्यस दिन उपस्थित भएर सरसफाईमा सहभागी हुन मन्त्री राईले कर्मचारीलाई निर्देशन दिनुभएको हो । त्यसका लागि मन्त्रालयले काठमाण्डौ उपत्यका भित्र रहेका मातहतका सवै निकायमा कार्यरत कर्मचारीलाई अनिवार्य उपस्थित हुन पत्राचार गर्ने तयारी छ । आ–आफ्नो घर घरबाट सफाई अभियानमा सहभागीभई सहयोग गर्न समेत मन्त्री राईले सवैलाई अपिल गर्नुभयो । 

२०७० जेठ ५ गतेदेखी शुरु भएको बागमती सफाई अभियानमा हालसम्म १० लाख सहभागी भएकाछन् भने २ हजार संघसंस्थाको प्रतिनिधित्व भएको छ । 

यो अभियानमा अहिलेसम्म करिब १२ हजार मेट्रिकटन फोहर व्यवस्थापन भएको छ । यो अभियान देशको सबै भन्दा लामो, सेवामूलक र सबैको लोकप्रिय महाअभियानका रुपमा परिचित भएको छ । २०७२ को बिनाशकारी भूकम्पका बेला समेत यो अभियान संचालन भएको थियो ।

७ बर्ष अगाडि

प्रतिक्रिया