काठमाडौं– प्रधानमन्त्री केपी ओलीले सरकारको योजना तथा नीतिका बारेमा नेपालस्थित कुटनीतिक नियोगका प्रमुख, पदाधिकारी र विकास साझेदारहरुलाई ब्रिफिङ गरेका छन् ।
मंगलबार प्रधानमन्त्रीको कार्यालयमा भएको उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले विदेशी राष्ट्रहरुसँग बर्तमान सरकार समानताका आधारमा सहकार्य गर्न तयार रहेको बताएका थिए ।
कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सम्बोधन गर्दै सरकारले सबै देशसँग सुमधुर सम्बन्ध राख्न चाहेको र नेपालको विकासमा सहयोगको अपेक्षा राखेको बताएका थिए । त्यसपछि प्रधानमन्त्रीले सरकारका नीतिबारे सामुहिक ब्रिफिङ गरेका थिए ।
छलफलपछि मन्त्री ज्ञवालीले सरकार दुई तिहाइको घमण्ड नगर्ने भन्दै विकास र सहकार्यमा सरकार तयार रहेको जानकारी गराएको बताए ।
प्रतिक्रिया