हिजो सकरात्मक संकेत देखाएको शेयर बजार आज फेरी ओरालो यात्रामा, कारोबार रकम भने बढ्यो

४ बर्ष अगाडि

काठमाडौं, साताको अन्तिम कारोबारको दिन (बिहीबार) पनि शेयर बजार ओरोलो लागेको छ । हिजो सामान्य अंकले बढेर सकरात्मक संकेत देखाएको बजार आज फेरी ओरालो लागेको हो । 

बिहीबार कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक १९.९७ अंकले घटेर २३५६.२० को बिन्दुमा पुगेको छ । नेप्से परिसूचक ०.८४ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.३२ अंकले घटेर ४५०.२४ विन्दुमा झरेको छ ।

कूल २२६ कम्पनीको ४५ लाख ७४ हजार ५ सय २० कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ४९ करोड ६२ लाख ४६ हजार ८ सय ८ रूपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसहुह घटेका छन् । बिहीबार सबैभन्दा धेरै डेभलपमेन्ट बैंक समूह घटेको छ ।

आज आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ५ करोड २५ लाख ४९ हजार ६ सय ३ रूपैयाँको कारोबार भएको हो । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया