काठमाडौं, साताको अन्तिम कारोबारको दिन (बिहीबार) पनि शेयर बजार ओरोलो लागेको छ । हिजो सामान्य अंकले बढेर सकरात्मक संकेत देखाएको बजार आज फेरी ओरालो लागेको हो ।
बिहीबार कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक १९.९७ अंकले घटेर २३५६.२० को बिन्दुमा पुगेको छ ।
कारोबारमा आएका २२६ कम्पनीको १ अर्ब ४९ करोड ६२ लाख ४६ हजार ८०८ रुपैंया बराबरको शेयर कारोबार भएको छ । सो रकम बराबरको कारोबार हुदाँ आईएमई जनरलको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५ करोड २५ लाख बढी कारोबार भएको छ ।
यस्तै, हिमालयन डेस्टिलेरीको ५ करोड ३ लाख,एनसिसि बैंकको ४ करोड ९७ लाख, अरुण भ्यालीको ४ करोड ७३ लाख र नबिल बैंकको ४ करोड २ लाख बढी कारोबार भएको हो ।
प्रतिक्रिया