एजेन्सी - यस वर्ष विश्व अर्थतन्त्र ३.६ प्रतिशतले वृद्धि हुने अनुमानबीच गरिएको छ । यस्तै तेल निर्यातकर्ता अरब देशहरु ऊर्जाको उच्च मूल्यका कारण धनि हुने भएका छन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले हालै सार्वजनिक गरेको रिपोर्टमा यस्तो उल्लेख गरिएको हो । रिपोर्टका अनुसार तेलको मूल्यमा भइरहेको मूल्यवृद्धिले अरब देशहरुको अर्थतन्त्र बलियो हुनेछ र वित्तीय भण्डारसमेत वृद्धि हुनेछ ।
रिपोर्टका अनुसार कच्चा तेलको मूल्यमा भइरहेको तीव्र वृद्धिले अरब देशहरुको अर्थतन्त्रमा उछाल आउने र उनीहरुलाई अप्रत्यासित लाभ हासिल हुनेछ । तथापि कच्चा तेल आयात गर्ने पश्चिम एसियाली देशहरु र ब्ल्याक सी क्षेत्रबाट हुने खाद्य आयातमाथि निर्भर हुने इजिप्टजस्ता देशहरुमा भने तेलको मूल्य वृद्धिको नकारात्मक प्रभाव पर्नेछ ।
तेलको मूल्यमा भइरहेको मूल्यवृद्धिका कारण यस वर्ष साउदी अरबको अर्थतन्त्र ७.६ प्रतिशत र कुवेतको अर्थतन्त्र ८ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । आइएमएफको यो अनुमान सन् २०२२ मा कच्चा तेलको मूल्य औसतमा प्रतिब्यारेल १०७ डलर र सन् २०२३ मा प्रतिब्यारेल ९२ डलरको आसपासमा रहने प्रक्षेपणमा आधारित छ ।
प्रतिक्रिया