काठमाडौं - एशियन लाइफले व्यतित भएका बीमा पोलिसी व्यतित गर्ने बीमितहरुलाई शतप्रतिशतसम्म व्याज छुट दिने भएको छ ।
बीमा कम्पनीले २०७७ बैशाख १५ गतेभन्दा पहिले व्यतित भएका बीमालेखरु २०७९ बैशाख १५ देखि जेठ १२ गते भित्रमा पुनर्जागरण गर्ने बिमितहरुलाई २५ प्रतिशतदेखि शतप्रतिशत व्याज छुट दिने भएको हो ।
कम्पनीका अनुसार २०८१ बैशाख १५ गतेभन्दा अगाडी परिपक्व हुने बीमालेख पुनर्जागरण गर्दा बिमितले व्याजमा २५ प्रतिशत छुट पाउने छन् ।
त्यसैगरी २०८१ बैशाख १५ देखि २०८४ बैशाख १५ सम्ममा परिपक्व हुने बीमालेखमा ५० प्रतिशत र २०८४ बैशाख १५ गतेभन्दा पछि परिपक्व हुने बीमालेखमा शतप्रतिशत व्याज छुट पाइने इन्स्योरेन्सले जनाएको छ ।
प्रतिक्रिया